Bybit मा शून्य शुल्कमा क्रिप्टो कसरी किन्ने (एक पूर्ण गाइड)
AI Summary
Show More
Quickly grasp the article's content and gauge market sentiment in just 30 seconds!
Bybit को विश्वव्यापी रूपमा मान्यता प्राप्त क्रिप्टो एक्सचेन्जमा सहज इन्टरफेस छ, जसले सबै प्रयोगकर्ताहरूका लागि जटिल क्रिप्टो खरिद प्रक्रियालाई सरल बनाउँछ। Bybit मा सुरक्षा र विश्वसनीयता सर्वोपरि छन्, र हामीले यिनै मूल्य मान्यता साझा गर्ने विभिन्न भुक्तानी प्रदायकहरू र गेटवेहरूसँग साझेदारी गरेका छौं, ताकि तपाईंले आफ्नो स्थानीय मुद्राहरू प्रयोग गरेर BTC, ETH, XRP, USDT लगायत थप प्राप्त गर्न मद्दत गर्ने एक सहज क्रिप्टो चेकआउट प्रणाली उपलब्ध होस्।
Bybit मार्फत, तपाईंले केही द्रुत तरिकाहरूबाट क्रिप्टो खरिद गर्न सक्नुहुन्छ — चाहे Bybit One-Click Buy (एक्सप्रेस चेकआउट), क्रेडिट र डेबिट कार्ड, व्यक्ति-देखि-व्यक्ति (P2P) ट्रेडिङ मार्फत होस् वा स्पट मार्केटमा सम्पत्तिहरू साटासाट गरेर होस्। हामी अधिकांश कारोबार लागतहरूलाई अनुकूलित र अवशोषित गर्छौं, शून्य-शुल्क क्रिप्टो खरिद सेवाहरू प्रदान गर्दै ताकि तपाईंले थप क्रिप्टो जम्मा गर्न सक्नुहोस्।
यस गाइडमा, हामी शुल्क बिना Bybit मा सुरक्षित रूपमा क्रिप्टो प्राप्त गर्ने विभिन्न तरिकाहरू अन्वेषण गर्नेछौं।
मुख्य बुँदाहरू:
Bybit ले तपाईंहरुलाई सजिलै र सुरक्षित रूपमा क्रिप्टो किन्न मद्दत गर्न १० भन्दा बढी भुक्तानी विधिहरू प्रदान गर्दछ।
केही भुक्तानी विधिहरूमा शून्य शुल्क हुन्छ, जसको अर्थ प्रयोगकर्ताहरूले भारी लागत बिना आफूले चाहेको बेला क्रिप्टो खरिद गर्न अझ राम्रो लचिलोपनको फाइदा लिन सक्छन्।
Bybit मा क्रिप्टो किन्नु शुरुआती-मैत्री, सहज र छिटो छ।
Bybit मा क्रिप्टो किन्नुका फाइदाहरू
Bybit मार्फत क्रिप्टो किन्नुका थुप्रै फाइदाहरू छन्।
सुरक्षा र विश्वसनीयता
Bybit को प्लेटफर्मले तपाईंको कोष र व्यक्तिगत जानकारी सुरक्षित राख्न उन्नत प्रविधि प्रयोग गर्दछ। यसका अतिरिक्त, हामी तपाइँलाई छनोट गर्न BTC, ETH, USDC, USDT र XRP सहित विभिन्न प्रकारका क्रिप्टोकरेन्सीहरू प्रदान गर्दछौं।
विश्वभरका ट्रेडरहरू र खरिदकर्ताहरूले EUR, JPY, HKD, GBP, TRY, MYR, PHP लगायत थप आफ्नो स्थानीय फिएट प्रयोग गरेर क्रिप्टोकरेन्सीहरू प्राप्त गर्न सक्छन्।
विश्व-स्तरीय प्रयोगकर्ता इन्टरफेस र भुक्तानी विकल्पहरू
Bybit को प्लेटफर्ममा प्रयोगकर्ता-मैत्री इन्टरफेस छ, जसले शुरुआती र अनुभवी दुवै ट्रेडरहरूलाई यसको प्रयोग गर्न सजिलो बनाउँछ, साथै प्रयोगकर्ताहरूलाई क्रिप्टोकरेन्सी किन्नका लागि भुक्तानी विकल्पहरूको विस्तृत श्रृंखला पनि उपलब्ध छन्। उदाहरणका लागि:
Bybit P2P: यसले अनुकूल, आपसी सहमतिमा तय गरिएका मूल्यहरूमा फियाट मुद्राहरू प्रयोग गरेर क्रिप्टोकरेन्सीहरूको सीधा खरिद, बिक्री र साटफेरलाई सहज बनाउन एक प्रयोग गर्न सजिलो प्लेटफर्म प्रदान गर्दछ।
Bybit One-Click Buy: यो उपयोगी सुविधाले प्रयोगकर्ताहरूलाई हाम्रा कुनै पनि समर्थित भुक्तानी विधिहरू — P2P ट्रेडिङ, क्रेडिट कार्ड भुक्तानी, बैंक ट्रान्सफर, वायर ट्रान्सफर, Google Pay र अन्य त्यस्ता तेस्रो-पक्ष भुक्तानीहरू मार्फत कोइनहरू किन्न र बेच्न अनुमति दिन्छ।
फिएट डिपोजिट: तपाईंलाई आफ्नो Bybit कोष खातामा फिएट मुद्रा ट्रान्सफर गर्न अनुमति दिन्छ। त्यसपछि, तपाईंले तपाईंको कोष खातामा रहेको फिएट ब्यालेन्स मार्फत जुनसुकै बेला क्रिप्टो कोइनहरू खरिद गर्न सक्नुहुन्छ।
अतुलनीय ग्राहक समर्थन
माथिका फाइदाहरूका अतिरिक्त, Bybit ले २४/७ (दिनरात) बहुभाषी ग्राहक सेवा प्रदान गर्दछ। तपाईंसँग क्रिप्टो कसरी किन्ने भन्ने बारे प्रश्न छ वा प्राविधिक समस्याहरूको सामना गरिरहनु भएको छ भने पनि, तपाईं सहयोगको लागि सधैं हाम्रो समर्थन टोलीसँग सम्पर्क गर्न सक्नुहुन्छ। यसबाहेक, Bybit ले तपाईंलाई ट्रेडिङ गाइडहरू, बजार विश्लेषण र वेबिनारहरू सहित क्रिप्टो बजारलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्न शैक्षिक स्रोतहरू प्रदान गर्दछ।
शून्य शुल्क
सायद Bybit प्रयोग गर्दा सबैभन्दा आकर्षक फाइदा भनेको भारी कारोबार शुल्क नतिरीकन क्रिप्टो किन्ने अवसर हो। यसले तपाईंको नाफालाई उल्लेखनीय रूपमा बढाउन सक्छ, विशेष गरी यदि तपाईं बारम्बार ट्रेडिङ गर्ने हुनुहुन्छ भने।
तलका खण्डहरूमा, हामी यस फाइदाको कसरी फाइदा उठाउने भनेर विस्तृत रूपमा व्याख्या गर्नेछौं।
थप जान्नुहोस्: Bybit शुल्कहरु: तपाईंले क्रिप्टो ट्रेड गर्नु अघि जान्नुपर्ने सबै कुरा [अद्यावधिक गरिएको]
चरण-दर-चरण गाइड: Bybit मा क्रिप्टो कसरी किन्ने
यदि तपाईं Bybit मा नयाँ हुनुहुन्छ भने, चिन्ता नगर्नुहोस् — किनभने प्लेटफर्ममा क्रिप्टो खरिद गर्ने प्रक्रिया एकदम सरल छ। तपाईंलाई मद्दत गर्न यहाँ चरण-दर-चरण गाइड छ।
चरण १: Bybit खाताको लागि दर्ता गर्नुहोस्। Bybit वेबसाइटमा जानुहोस् र Sign Up बटनमा क्लिक गर्नुहोस्। तपाईंले आफ्नो इमेल ठेगाना प्रदान गर्नुपर्नेछ र पासवर्ड सिर्जना गर्नुपर्नेछ। तपाईंले दर्ता प्रक्रिया पूरा गरेपछि, आफ्नो खातामा लगइन गर्नुहोस्।
चरण २: आफ्नो Bybit खातामा कोष जम्मा गर्नुहोस्।
क्रेडिट/डेबिट कार्ड मार्फत क्रिप्टो किन्नुहोस्:
One-Click Buy पृष्ठमा प्रवेश गर्न, नेभिगेसन बारको शीर्ष बायाँ कुनामा Buy Crypto → One-Click Buy मा क्लिक गर्नुहोस्।
तपाईंले भुक्तानी गर्न चाहनुभएको फिएट मुद्रा चयन गर्नुहोस्।
आफ्नो कोष खातामा प्राप्त गर्न चाहनुभएको कोइन चयन गर्नुहोस्।
खरिद रकम प्रविष्ट गर्नुहोस्। तपाईं आफ्नो आवश्यकता अनुसार फिएट मुद्रा वा कोइन परिमाणको आधारमा कारोबार रकम प्रविष्ट गर्न सक्नुहुन्छ।
Bank Card चयन गर्नुहोस् र Add Card. मा क्लिक गर्नुहोस्।

यदि तपाईं पहिलो पटक क्रेडिट/डेबिट कार्ड भुक्तानी प्रयोग गर्दै हुनुहुन्छ भने, कृपया पहिले आफ्नो क्रेडिट/डेबिट कार्ड जानकारी थप्नुहोस् र आफ्नो बैंक समर्थित छ भनी सुनिश्चित गरेपछि Continue मा क्लिक गर्नुहोस्। यदि तपाईंले पहिले नै आफ्नो कार्ड थप्नुभएको छ भने, तपाईंले प्रयोग गर्न चाहनुभएको कार्ड छनौट गर्नुहोस् र Depositमा क्लिक गर्नुहोस्।
Buy With (Fiat of your choice)मा क्लिक गर्नुहोस्।
कृपया तपाईंले प्रविष्ट गर्नुभएको विवरणहरू सही छन् भनी पुष्टि गर्नुहोस्, र Confirmमा क्लिक गर्नुहोस्।
तपाईंको अर्डर प्रक्रियामा रहँदा, तपाईंलाई एक पटकको पासकोड प्रविष्ट गर्न वा तपाईंको बैंक एपबाट कारोबार पुष्टि गर्न भनिन सक्छ। कारोबार सफलतापूर्वक सम्पन्न भएपछि क्रिप्टो तुरुन्तै तपाईंको खातामा जम्मा हुनेछ।
कारोबार पूरा भएपछि, आफ्नो ब्यालेन्स जाँच गर्न View Assetमा क्लिक गर्नुहोस्।
क्रेडिट कार्ड भुक्तानीहरूका लागि कारोबार शुल्क दरबारे थप जान्नुहोस्।
P2P मार्फत क्रिप्टो किन्नुहोस्
P2P ट्रेडिङको शुल्क संरचना दुई प्रकारका छन्: टेकर (Taker) र मेकर (Maker)।
टेकर भनेको त्यो प्रयोगकर्ता हो जसले P2P प्लेटफर्ममा अवस्थित विज्ञापनहरू मार्फत अर्डर राखेर कोइनहरू किन्छ वा बेच्छ।
मेकर भनेको त्यो प्रयोगकर्ता हो जसले ट्रेड विज्ञापनहरू पोस्ट गर्छ।
Bybit मा P2P ले टेकर र मेकरहरूका लागि शून्य कारोबार शुल्क प्रदान गर्दछ।
| टेकर शुल्क दर | मेकर शुल्क दर |
सबै फिएट ट्रेडिङ जोडीहरू | ०% | ०% |
Buy Crypto मा क्लिक गर्नुहोस्, त्यसपछि P2P ट्रेडिङ पृष्ठमा प्रवेश गर्न नेभिगेसन बारको शीर्ष बायाँ कुनामा P2P Trading चयन गर्नुहोस्।
Buy पृष्ठमा, तपाईंको कारोबार आवश्यकताअनुसार कोइनको प्रकार, रकम, फियाट मुद्राहरू र भुक्तानी विधिहरू का लागि तपाईंले चाहेका मापदण्डहरू प्रविष्ट गरेर विज्ञापनदाताहरू फिल्टर गर्नुहोस्।

आफ्नो रुचाइएको विज्ञापन छनौट गर्नुहोस्, र Buy USDT/BTC/ETH मा क्लिक गर्नुहोस्।
तपाईंले भुक्तानी गर्न चाहनुभएको फिएटको रकम वा तपाईंले प्राप्त गर्न चाहनुभएको कोइनको परिमाण प्रविष्ट गर्नुहोस्, र अगाडि बढ्न Buy मा क्लिक गर्नुहोस्।
तपाईंले भुक्तानी पूरा गरेपछि Payment Completed मा क्लिक गर्नुहोस्।
विक्रेताले तपाईंले खरिद गरेका कोइनहरू सफलतापूर्वक फुकुवा गरेपछि, तपाईंले आफ्नो कोष खाता मा आफ्ना सम्पत्तिहरू जाँच गर्न सक्नुहुन्छ। तपाईं P2P अर्डर इतिहासबाट आफ्नो अर्डरको स्थिति पनि जाँच गर्न सक्नुहुन्छ।
यदि विक्रेताले १० मिनेटसम्म पनि कोइनहरू फुकुवा गरेन भने, तपाईं Submit Appeal मा क्लिक गर्न सक्नुहुन्छ। हाम्रो ग्राहक समर्थन टोलीले तपाईंलाई सम्पर्क गर्नेछ।
Bybit P2P मार्फत शून्य शुल्कमा क्रिप्टो खरिद गर्नुहोस्
Apple Pay/Google Pay मार्फत क्रिप्टो किन्नुहोस्
तपाईं अब One-Click Buy पृष्ठमा Apple Pay र Google Pay प्रयोग गरेर Bybit मा ३६ भन्दा बढी फिएट मुद्रामा क्रिप्टोकरन्सीहरू खरिद गर्न सक्नुहुन्छ।
क्रेडिट/डेबिट कार्डका लागि माथि सूचीबद्ध गरिएका सबै निर्देशनहरू (भुक्तानी विधि सम्म) पालना गर्नुहोस्।
आफ्नो भुक्तानी विधि को रूपमा Apple Pay/Google Pay चयन गर्नुहोस्।
Buy With (Fiat of your choice)मा क्लिक गर्नुहोस्।
तपाईंको अर्डर पुष्टि गर्नु अघि जम्मा गर्ने खाता छनोट गर्नुहोस् र भुक्तानी विवरणहरू ध्यानपूर्वक जाँच गर्नुहोस्।
प्रारम्भिक जम्माका लागि तपाईंको Apple Pay/Google Pay खाता लिङ्क गर्न, पप-अप विन्डोमा Continue मा क्लिक गर्नुहोस्।

तपाईंले आफ्नो बैंक कार्ड सफलतापूर्वक थपेपछि/छनोट गरेपछि, अगाडि बढ्न Confirm मा क्लिक गर्नुहोस्।
आफ्नो चयन गरिएको कार्डको सुरक्षा कोड प्रविष्ट गर्नुहोस्, र Verify मा क्लिक गर्नुहोस्।
Apple Pay/Google Pay मा तपाईंले आफ्नो हालको निक्षेपका लागि बिलिङ ठेगाना थप्नुपर्ने हुन सक्छ, जुन कारोबार पूरा भएपछि भण्डारण गरिनेछ।
त्यसपछि, सुरक्षा कोड प्रविष्ट गर्नुहोस् र Apple Pay/Google Pay मा Spend मा क्लिक गर्नुहोस्।
कारोबार प्रक्रिया भएपछि, तपाईंले आफ्नो निक्षेप स्थितिको सूचना प्राप्त गर्नुहुनेछ। यदि सफल भयो भने, सम्पत्तिहरू ४८ घण्टाभित्र तपाईंको चयन गरिएको खातामा जम्मा गरिनेछ। यदि सफल भएन भने, सूचनामा असफलताको कारण उल्लेख गरिनेछ र तपाईंलाई पछि फेरि प्रयास गर्न सल्लाह दिइनेछ।
अगस्त २, २०२४ (साउन १८, २०८१ B.S.), ३:४५ PM NPT देखि अगस्त ३०, २०२४ (भदौ १४, २०८१ B.S.), ३:४५ PM NPT सम्म, Apple Pay मार्फत न्यूनतम १०० USDT वा सो बराबरको भुक्तानी गर्दा तपाईंले Bybit मा शून्य शुल्क कारोबारको आनन्द लिन सक्नुहुन्छ।
फिएट ब्यालेन्स मार्फत क्रिप्टो किन्नुहोस्
यदि तपाईं Bybit मा आफ्नो फिएट ब्यालेन्स प्रयोग गरेर भुक्तानी गर्न चाहनुहुन्छ भने, Buy Crypto→Fiat Deposit page मा गएर पहिले आफ्नो Bybit कोष खाता मा फिएट मुद्रा स्थानान्तरण गर्नुपर्छ। ध्यान दिनुहोस् कि तपाईंले चयन गर्नुभएको फिएट मुद्रा र भुक्तानी विधिअनुसार तपाईंको फिएट निक्षेपसँग शुल्कहरू जोडिन सक्छन्।
फिएट ब्यालेन्स मार्फत क्रिप्टो किन्न One-Click Buy पृष्ठ मार्फत पनि पहुँच गर्न सकिन्छ।
तपाईंले भुक्तानी गर्न चाहनुभएको फिएट मुद्रा चयन गर्नुहोस् (जस्तै, BRL)।
आफ्नो कोष खातामा प्राप्त गर्न चाहनुभएको कोइन चयन गर्नुहोस् र आफ्नो प्राथमिकताअनुसार फिएट मुद्रा वा कोइनको परिमाणको आधारमा खरिद रकम प्रविष्ट गर्नुहोस्।
भुक्तानी विधिका रूपमा (यस अवस्थामा) BRL Balance चयन गर्नुहोस्।

Buy With BRL मा क्लिक गर्नुहोस्।
तपाईंले प्रविष्ट गर्नुभएका विवरणहरू सही छन् भनी पुष्टि गर्नुहोस्, र त्यसपछि Confirm मा क्लिक गर्नुहोस्। तपाईंको कारोबार पूरा भएपछि, एक देखि दुई मिनेटभित्र तपाईंको कोष खातामा क्रिप्टो कोइन जम्मा हुनेछ।
तेस्रो पक्ष मार्फत क्रिप्टो किन्नुहोस्
तेस्रो पक्ष भुक्तानी अर्को विधि हो, जसको माध्यमबाट तपाईं One-Click Buy पृष्ठमा क्रिप्टो किन्न सक्नुहुन्छ। हाल, तेस्रो पक्ष भुक्तानी मार्फत तीन प्रकारका क्रिप्टोहरू स्वीकार गरिन्छन्: Bitcoin (BTC), Ether (ETH) र Tether (USDT)।
फिएट मुद्रा र निक्षेप रकम चयन गरेपछि, Third Party अन्तर्गत सूचीबद्ध भुक्तानी विधि छान्नुहोस् र Continue मा क्लिक गर्नुहोस्। त्यसपछि तपाईंलाई तेस्रो पक्ष निक्षेप पृष्ठमा लगिनेछ।
तेस्रो पक्ष जम्मा पृष्ठमा, तपाईंले भुक्तानी गर्न चाहनुभएको फिएट मुद्रा र तपाईंको Bybit खातामा प्राप्त गर्न चाहनुभएको कोइन चयन गर्नुहोस्। तपाईंका प्राथमिकताअनुसार उपयुक्त बिक्रेताहरूको सूची फिल्टर गरिनेछ।

तपाईंको मनपर्ने सेवा प्रदायक छनोट गरेपछि, कारोबार पूरा गर्न तपाईंलाई तेस्रो पक्ष भुक्तानी प्रदायकको आधिकारिक वेबपेजमा लगिनेछ।
Convert मार्फत क्रिप्टो किन्नुहोस्
Bybit Convert को माध्यमबाट, एक्सचेन्जको अर्डर बुकहरूको उपयोग गरेर तपाईं तुरुन्तै एउटा क्रिप्टोकरेन्सीलाई अर्कोमा साट्न वा रूपान्तरण गर्न सक्नुहुन्छ। रूपान्तरणका लागि विनिमय दरहरू, संलग्न सम्पत्तिहरूको हालको सूचकांक मूल्यअनुसार विभिन्न मार्केट मेकरहरूका उत्कृष्ट तोकिएको मूल्यहरूमा आधारित हुन्छन्।
नेभिगेसन बारमा Trade चयन गर्नुहोस् र Convert मा क्लिक गर्नुहोस्। तपाईं कोष खाता, युनिफाइड ट्रेडिङ खाता वा डेरिभेटिभ खाता (वा इन्भर्स डेरिभेटिभ खाता) पृष्ठबाट पनि Convert मा क्लिक गर्न सक्नुहुन्छ। वैकल्पिक रूपमा, तपाईं डेरिभेटिभ ट्रेडिङ पृष्ठको दायाँपट्टि रहेको Assets स्तम्भमा जान सक्नुहुन्छ र Convert मा क्लिक गर्न सक्नुहुन्छ।
Convert पृष्ठमा, तपाईंले रूपान्तरण गर्न चाहनुभएको खाता छान्नुहोस्।
तपाईंले रूपान्तरण गर्न चाहनुभएको सम्पत्ति चयन गर्नुहोस्।

तपाईंले रूपान्तरण गर्न चाहनुभएको रकम प्रविष्ट गर्नुहोस् र Convert मा क्लिक गर्नुहोस्।
विवरणहरू दोहोर्याएर जाँच गर्नुहोस्, त्यसपछि आफ्नो सम्पत्तिहरू रूपान्तरण गर्न Confirm मा क्लिक गर्नुहोस्।
अटो-इन्भेस्ट मार्फत क्रिप्टो किन्नुहोस्
अटो-इन्भेस्ट अर्को विकल्प हो, जसलाई One-Click Buy मार्फत पहुँच गर्न सकिन्छ।
One-Click Buy पृष्ठमा, मेनु बारमा रहेको Auto-Invest मा क्लिक गर्नुहोस्, वा यसलाई Buy With Fiat बटनमुनि फेला पार्नुहोस्।
आफ्नो अटो-इन्भेस्ट योजना सिर्जना गर्न, तलका चरणहरू पालना गर्नुहोस्:

तपाईंको योजनाका सबै विवरणहरू सही छन् भनी सुनिश्चित गर्नुहोस्। मैले Bybit को सेवाका सर्तहरू र गोपनीयता नीति पढेको छु र त्यसमा सहमत छु भनी उल्लेख गरिएको बक्समा टिक लगाउनुहोस्, र त्यसपछि Confirm मा क्लिक गर्नुहोस्।
Bybit कार्डबाट क्रिप्टो खरिद गर्नुहोस्
Bybit कार्ड एउटा मास्टरकार्ड क्रिप्टो डेबिट कार्ड हो, जसले तपाईंलाई विश्वभर क्रिप्टो कारोबारका लागि छिटो र सुरक्षित रूपमा आफ्नो क्रिप्टो सम्पत्तिहरू बाहिर निकाल्न दिन्छ। यसलाई Bybit मा क्रिप्टो खरिदका लागि पनि प्रयोग गर्न सकिन्छ। तपाईंले हरेक पटक कारोबार गर्दा, तपाईंले लोयल्टी पोइन्टहरू पनि कमाउनुहुनेछ, जसलाई पछि क्यासब्याक जस्ता आकर्षक पुरस्कारका लागि साट्न सकिन्छ। Bybit कार्ड अब Apple Pay (EEA [युरोपेली आर्थिक क्षेत्र] मात्र), Google Pay (EEA र AU [अष्ट्रेलिया]), Samsung Pay र अन्य (EEA मात्र) मा समर्थित छ।
तपाईंले Bybit कार्डको भर्चुअल वा भौतिक संस्करणका लागि आवेदन दिन सक्नुहुन्छ। भर्चुअल Bybit कार्ड ले तपाईंलाई सफलतापूर्वक आवेदन दिएपछि अनलाइन भुक्तानी गर्न दिन्छ। यसैबीच, भौतिक Bybit कार्डको साथ तपाईंले अनलाइन भुक्तानीका साथै खुद्रा पसलहरूमा कन्ट्याक्टलेस (बिना छोई गरिने) भुक्तानी पनि गर्न सक्नुहुन्छ।
तपाईंको Bybit कार्ड प्रयोग गरेर क्रिप्टो खरिद गर्न, तपाईंले पहिले यसलाई सक्रिय गर्नुपर्नेछ। तपाईंले आफ्नो ड्यासबोर्डबाट भर्चुअल Bybit कार्डका लागि आवेदन दिन सक्नुहुन्छ। तपाईंको खाता प्रमाणित भएपछि, तपाईंले Bybit कार्डका लागि आवेदन दिन सक्नुहुन्छ। आवेदन सफल भएपछि भर्चुअल Bybit कार्ड स्वचालित रूपमा जारी गरिन्छ। भौतिक कार्डका लागि आवेदन दिन तपाईंले पहिले भर्चुअल कार्ड प्राप्त गर्नुपर्नेछ।
तपाईंको कार्ड प्राप्त गरेपछि, Bybit मा रहेको Buy Crypto टर्मिनलबाट क्रिप्टो खरिद गरेर तपाईंले यसमा रकम जम्मा गर्नुपर्नेछ, जुन तपाईंको Bybit कार्ड प्रयोग गरेर कारोबारहरू सहज बनाउन प्रयोग गरिनेछ।

Bybit मा क्रिप्टो खरिद गर्दा शुल्क तिर्नबाट कसरी बच्ने
Bybit मा क्रिप्टो खरिद गर्दा शुल्क तिर्नबाट बच्न, तपाईंले अगाडि बढ्न छनौट गर्नुभएका भुक्तानी विधिहरूबीचका भिन्नताहरू बुझ्नु महत्त्वपूर्ण छ।
प्लेटफर्ममा EUR जम्मा गर्दा र बदलामा USDC प्राप्त गर्न स्पट बजार प्रयोग गर्दा मार्केट अर्डर र लिमिट अर्डर समावेश हुन्छन्, जसमा शुल्क लाग्छ।
यद्यपि, Bybit फिएट प्रयोग गरेर प्लेटफर्ममा स्थानीय फिएट मुद्राहरू जम्मा गर्नुभयो भने तपाईंलाई जम्मा शुल्कबाट छुट दिइनेछ। HKD, TRY र अन्य धेरैजसो फिएट मुद्राहरू शून्य-शुल्क कार्यक्रमका लागि योग्य छन्। यद्यपि, केही मुद्राहरूका लागि अपवादहरू छन्। प्रयोगकर्ताहरूलाई उनीहरूको अर्डरको चेकआउट पुष्टि गर्नु अघि सूचना बक्स जाँच गर्न प्रोत्साहित गरिन्छ।
Bybit मा क्रिप्टो खरिद गर्दा शुल्क तिर्नबाट बच्न चाहने प्रयोगकर्ताहरूले साथीहरूसँग मुद्राहरू साटासाट गर्दा आफूले मागेकै कुरा ठ्याक्कै प्राप्त गर्न Bybit P2P पनि रोज्न सक्छन्। Bybit ले कारोबारबाट कुनै हिस्सा नलिईकन अनुकूल, सहमत मूल्यमा दुई प्रयोगकर्ताहरूको सम्पत्तिलाई खरिद र बिक्री गर्न सहज बनाउन मद्दत गर्छ।
शुल्क तिर्नबाट बच्ने अर्को तरिका Bybit Convert मार्फत हो, जसले एक्सचेन्जको अर्डर बुकहरूको फाइदा उठाएर छिटो र मूल्यमा उतारचढाव-रहित रूपान्तरणहरू गर्न अनुमति दिन्छ। Bybit ले मूल्यमा उतारचढाव बिना छिटो र निर्बाध रूपान्तरण सुनिश्चित गर्दै तपाईंको अनुरोधलाई उपयुक्त अर्डरसँग प्रभावकारी रूपमा मिलाउँछ।
Bybit मा क्रिप्टो खरिद गर्दाका जोखिम र प्रतिफलहरू
कुनै पनि लगानी जस्तै, Bybit मार्फत क्रिप्टो खरिद गर्दा यससँग केही जोखिम र प्रतिफलहरू जोडिएका हुन्छन्। प्राथमिक जोखिम भनेको क्रिप्टो बजारको अस्थिरता हो। छोटो अवधिमा क्रिप्टोकरेन्सीका मूल्यहरू नाटकीय रूपमा उतारचढाव हुन सक्छन्, जसको परिणामस्वरूप ठूलो नोक्सान हुन सक्छ।
अर्कोतर्फ, प्राथमिक प्रतिफल भनेको उच्च प्रतिफलको सम्भावना हो। क्रिप्टोकरेन्सीहरूले विगत एक दशकमा उल्लेखनीय प्रतिफल दिएको देखिएको छ, जसमा Bitcoin सबैभन्दा उल्लेखनीय उदाहरण हो। यसबाहेक, Bybit मा ट्रेडिङ गरेर तपाईंले विभिन्न सम्झौताहरू र ट्रेडिङ रणनीतिहरू प्रयोग गरेर आफ्नो नाफालाई अधिकतम बनाउन सक्नुहुन्छ।
यहाँ तपाईंले विचार गर्न सक्ने उत्पादनहरूको एक सिंहावलोकन छ।
Bybit स्पट: हालको मूल्यमा क्रिप्टोकरेन्सीहरू खरिद वा बिक्री गर्न स्पट बजारको प्रयोग गर्दा ट्रेड गरिएको क्रिप्टोकरेन्सी तुरुन्तै प्राप्त हुन्छ।
Bybit पर्पेचुअल/फ्युचर्स: प्रयोगकर्ताहरूले भविष्यमा पूर्वनिर्धारित मूल्य र विशिष्ट मितिमा अन्तर्निहित सम्पत्ति किन्न वा बेच्नका लागि सम्झौतामा हस्ताक्षर गर्न सक्छन्। ट्रेडरहरूले आफ्नो दृष्टिकोणका आधारमा लङ वा सर्ट पोजिसन लिन सक्छन्। मूल्य बढ्ने भविष्यवाणी गर्ने ट्रेडरहरूका लागि लङ पोजिसनहरू सामान्य हुन्छन्; यद्यपि, ट्रेडरहरूले मूल्य घट्दा फाइदा लिने आशामा सर्ट पोजिसन लिन सक्छन्।
Bybit अप्सन: युरोपेली शैलीका नगद-सेटल हुने अप्सनहरूले प्रयोगकर्ताहरूलाई सम्झौता परिपक्व हुँदा call or put अप्सनहरू कार्यान्वयन गर्न अनुमति दिन्छन्। Call अप्सनले खरिदकर्तालाई म्याद समाप्त हुने मितिमा तोकिएको मूल्यमा सम्पत्ति खरिद गर्ने अधिकार दिन्छ, तर दायित्व होइन। त्यसैगरी, put अप्सनले खरिदकर्तालाई म्याद समाप्त हुँदा पूर्वनिर्धारित मूल्यमा सम्पत्ति बेच्ने अधिकार दिन्छ।
निष्कर्ष
शुल्क नतिरी Bybit मा क्रिप्टोकरेन्सी किन्न सम्भव छ, जसले तपाईंको नाफालाई उल्लेखनीय रूपमा बढाउन सक्छ। Bybit को शुल्क तालिकाले कसरी काम गर्छ, साथै छनोट गरिएको भुक्तानी गेटवेको प्रकारलाई बुझेर, तपाईं प्रभावकारी रूपमा शुल्कमा एक पैसा पनि नतिरी ट्रेड गर्न सक्नुहुन्छ।
यद्यपि, याद राख्नुहोस् कि शुल्क बिना ट्रेडिङ गर्दा तपाईंको नाफा बढ्न सक्छ, तर यसले क्रिप्टो ट्रेडिङसँग सम्बन्धित जोखिमहरूलाई हटाउँदैन। सधैं जिम्मेवारीपूर्वक ट्रेड गर्नुहोस् र आफूले गुमाउन सक्ने रकम मात्र लगानी गर्नुहोस्।
#LearnWithBybit
Grab Up to 100 USDT in Rewards
Also, enjoy 555% APR on Bybit Earn products!